७ बैशाख २०८१, शुक्रबार
महासंघको अध्यक्षमा गुप्ता, सचिवमा अधिकारी चयन

  • टाइम्स संवाददाता

  • ३० चैत्र २०७७, सोमबार १८:२७

राष्ट्रिय उद्योग तथा व्यवासयी महासंघको अध्यक्षमा अजय कुमार गुप्ता चयन भएका छन् । नेकपा एमाले माधव कुमार नेपाल–झलनाथ खनाल पक्षको बाँके भेलाले महासंघको अध्यक्षमा गुप्ता र सचिवमा तेज प्रसाद अधिकारीलाई चयन गरेको छ । महासंघको १९ सदस्य कार्य समितिको सदस्यहरुमा अलि शेर, रन बहादुर खड्का, नन्दलाल ढकाल, गिरधारी शर्मा, धर्मेन्द्र बोहोरा, कमल कार्की, शालिकराम गिरी, बालाराम बिसी, लालमणि आचार्य, राजकुमारी गिरी, दिपक अधिकारी लगायत चयन भएका छन् । व्यवसायीहरुको हक, अधिकारका लागि महासंघले विभिन्न कार्यहरु गर्ने लक्ष्य लिएको तथा व्यवसायी र सरकार बिचको सहकार्यका लागि महासंघले सहजिकरण गर्ने सचिव अधिकारीले बताएका छन् । सो भेलामा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, सचिव रत्न खत्री र यूवा नेता अब्दुल हुसेन खाँ लगायत उद्योगि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Nabintech