७ बैशाख २०८१, शुक्रबार
युरोपेली ६ देशद्वारा अफगान आप्रवासीको निर्वासन नरोक्न आग्रह

  • टाइम्स संवाददाता

  • २७ श्रावण २०७८, बुधबार ०७:१९

युरोपेली संघ ईयूका ६ देशले अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, बेल्जियम, ग्रीस र नेदरल्याण्डका सरकारले युरोपली संघको कार्यकारी निकायसँग शरणसम्बन्धी कानुन अनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भए स्वदेश फिर्ता पठाउने अनुमति दिनुपर्ने बताएका एएफपीले जनाएको छ । यसअघि अफगानिस्तानले जुलाईमा यूरोपेली देशलाई तीन महिनासम्मका लागि अफगान प्रवासीलाई जबर्जस्ती आफ्ना नागरिकलाई देश नपठाउन आग्रह गरेको थियो । जुलाई ११ मा अफगानिस्तानले गरेको अपिलपछि स्वीडेन र फिनल्याण्डले अफगान शरणार्थीलाई जबर्जस्ती फिर्ता गर्न रोकेका थिए । तालिबान विद्रोही र सरकारी सेनाबीच अफगानिस्तानमा लडाइँ हुँदै आएको छ । दशौँ हजार मानिस आफ्नो घर छोडेर भाग्न र विभिन्न देशमा शरण लिन बाध्य भएका छन् । –एजेन्सी

Nabintech