७ बैशाख २०८१, शुक्रबार
राँझा विमानस्थलबाट चार किलो सुनसहित दुई पक्राउ

  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७८, शनिबार ०७:०८

जिल्ला प्रहरी कार्यालय बाँकेले चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई आज नियन्त्रणमा लिएको छ । झापा खादुनावारी गाविस-६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस-२ बस्ने बुद्दीमान खाती पक्राउ परेका हुन् ।  काठमाडौं बाट नेपालगञ्ज आएको श्री एयर लाएन्सको फ्लाईट नं एसएचए ४३३ नं को प्लेनबाट दिउसो दुई बजे उनीहरु नेपालगञ्ज उप-महानगरपालिका-२० स्थित राँझा एयरपोर्टमा ओर्लेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार दिउसो तीन बजे नेपालगञ्ज विमानस्थलको आगमन कक्ष बाहिरपट्टि शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले उक्त सुन फेला पारेको थियो ।

 

Nabintech