१२ बैशाख २०८१, बुधबार
राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्क अगाडि महिलाहरुको प्रदर्शन

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७८, मंगलवार ०७:३१

संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् । अफगानिस्तानमा तालिबान समूहले महिलाका अधिकार कटौती गरेको विरोधमा उनीहरुले अमेरिकाको न्युयोर्कमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका महिलाहरुले अफगानिस्तानमा महिला अधिकार तथा मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका समाचार संस्था एएनआईले जनाएको छ । साथै मानव अधिकारको रक्षा गर्न राष्ट्रसङ्घलगायत विश्वको ध्यान जानुपर्नेमा पनि उनीहरुको जोड छ । तालिबानले सत्ता कब्जा गरी सरकार बनाएपछि अफगानिस्तानमा महिलालाई रोजगारी गर्न नदिने, सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिने, पढ्ने बेलामा छुट्टै कक्षामा बस्नु पर्नेलगायतका नियम लागू गरेको छ । यसको विश्वभरबाट विरोध हुँदै आएको छ । अफगानिस्तानका उच्च शिक्षामन्त्री अब्दुल हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलालाई अनिवार्य नकाब लगाउन निर्देशन दिनुभएको छ । नयाँ व्यवस्थाअनुसार केही अफगान महिलाले आफ्नो शिर र आँखासमेत ढाक्ने चदरी भनिने नीलो कपडा लगाउन सुरु गरिसकेका छन् ।

Nabintech