१६ चैत्र २०८०, शुक्रबार
रियल सर्वाधिक मुल्यवान फुटबल ब्रान्ड

  • टाइम्स संवाददाता

  • ६ जेष्ठ २०७८, बिहीबार १६:५३

स्पेनिस क्लब रियल म्याड्रिड विश्वकै सबैभन्दा मुल्यवान फुटबल ब्रान्ड बनेको छ । हालै ब्रान्ड फाइनान्सद्वारा प्रकाशित एक सुचीमा अर्को स्पोनिस टोली बार्सिलोना र इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै रियल शीर्षमा रहेको छ ।

रियल मुल्यवान फुटबल क्लबको शीर्षस्थानमा रहेको यो लगातार तेस्रो वर्ष हो । विश्वका ५ क्लबको मुल्य अरब भन्दा भन्दा माथि रहेको छ क्लबमध्ये रियल पनि एक हो । यो वर्षका लागि जारी भएको सुचीको शीर्ष १० क्लबमा छ क्लब प्रिमियर लिगका छन् । ब्रान्ड मुल्यवान हुनुमा मुख्यत च्याम्पियन्स लिगको सहभागिता रहेको छ । ब्रान्ड फाइनान्सको रिपोर्टमा भनिएको छ रियलले च्याम्पियनस लिग छनोटमा एकरुपताको प्रदर्शन गर्दै आएको छ । च्याम्पियन्स लिगकै प्रदर्शन टोली क्लबको सफलताको बलियो आधार हो । यो सिजन रियल च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको थियो । घरेलु लिगमा भने टोली अन्तिम खेल बाँकी रहँदा पनि उपाधि होडमा कायम छ ।

शीर्ष १० मुल्यवान क्लब

रियल म्याड्रिड – १ हजार २ सय ७६ मिलियन युरो

बार्सिलोना – १ हजार २ सय ६६ मिलियन

म्यानचेष्टर युनाइटेड – १ हजार १ सय ३० मिलियन युरो

म्यानचेष्टर सिटी – १ हजार १ सय १८ मिलियन युरो

बायर्न म्युनिख – १ हजार ६८ मिलियन युरो

लिभरपुल – ९ सय ७३ मिलियन युरो

पिएसजी – ८ सय ८७ मिलियन युरो

चेल्सी – ७ सय ६९ मिलियन युरो

टोटेनहम – ७ सय २३ मिलियन युरो

आर्सनल – ६ सय ७५ मिलियन युरो

Nabintech