६ बैशाख २०८१, बिहीबार
रेडक्रस कोहलपुर उप–शाखाद्धारा फलफुल वितरण

  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७८, शनिबार १७:३८

बाँकेको कोहलपुरमा रहेको नेपाल रेडक्रस सोसाईटी कोहलपुर उप–शाखाबाँकेले फलफुल वितरण गरेको छ । ५९ औं नेपाल रेडक्रस दिवसको अवसरमा फलफुल वितरण गरिएको हो । रेडक्रस दिवसको अवसरमा कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको सर्जकल वार्डमा रहेका सम्पूर्ण विरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी कोहलपुर उप–शाखा बाँकेका कार्यालय प्रमुख लाल बहादुर रानाले बताएका छन् । नेपाल रेडक्रस सोसाईटीको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा फलफुल वितरण गरिएको उनले बताएका छन् ।

Nabintech