१५ चैत्र २०८०, बिहीबार
रेडपाण्डाको छालासहित चार जना पक्राउ

  • टाइम्स संवाददाता

  • २ आश्विन २०७८, शनिबार १६:४९

रेडपाण्डाको छालासहित सुर्खेतबाट चार जना पक्राउ परेका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए। पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा, दैलखको ठाँटीकाध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको कनक शाहीले जानकारी दिए। तत्काल बयानका क्रममा उनीहरूले आफूहरू छाला पुर्‍याउनमात्र आएको बताएको उनले जानकारी दिए। यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।
Nabintech