४ बैशाख २०८१, मंगलवार
रेडपाण्डा र भालुको पित्तको छालासहित तीन जना पक्राउ

  • टाइम्स संवाददाता

  • २७ असार २०७८, आईतवार १८:२८

बाँके प्रहरीले भालुको पित्त र रेडपाण्डाको छाला सहित नेपालगञ्जबाट तिन जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले राती करिब ८ः४० बजे उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । राप्ती गेष्ट हाउसमा तलासी लिने क्रममा होटलको १० नम्बर कोठाबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका–४ का ४९ बर्षिय भक्तबहादुर पुन, ४१ बर्षिय केशव पुन र शान्तीनगर गाउँपालिका–१ का २९ को रोबिन बुढा रहेका छन् । प्रहरीका अनुसार कालो झोलाभित्र सेतो कपडामा रहेको संरक्षित रेडपाण्डाको छाला एक थान र चार वटा भालुको पित्तजस्तो देखिने बस्तु बरामद गरेको छ ।

Nabintech