१५ चैत्र २०८०, बिहीबार
लुम्बिनी प्रदेशको तरुण विभाग सदस्यमा चौधरी मनोनित

  • टाइम्स संवाददाता

  • २८ असार २०७८, सोमबार १७:३०

बाँकेको कोहलपुर नगरपालिकाकी उपप्रमुख एवम् नेपाली काँग्रेसकी यूवा नेतृ सञ्जु कुमारी चौधरी नेपाली काँग्रेस लुम्बिनी प्रदेशको तरुण विभाग सदस्य पदमा मनोनित भएकी छिन् । नेपाली काँग्रेसकी यूवा नेतृ चौधरीलाई तरुण बिभागको सदस्यमा मनोनित गरिएको छ । पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाउँदै देशको परिवर्तनमा यूवाहरुको उल्लेखनिय योगदान रहेको समेत बताएकी छिन् । स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित चौधरी राजनीतिसँगै सामाजिक कार्यमा अग्रसर रहेकी छिन् । कोहलपुरको विकास र समृद्धिका लागि चौधरीले विभिन्न कामहरु उपप्रमुखको पदिय हैसियतमा गरिरहेकी छिन् ।

Nabintech