१६ चैत्र २०८०, शुक्रबार
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक विना अन्त्य

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०७८, आईतवार १४:०४

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता अबिश्वास प्रस्तावबारे छलफल गर्न आजदेखि बोलाइएकोे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक विना नै अन्त्य भएको छ । बैठक बस्नुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले बैठक अन्त्यको पत्र पठाउनु भएको हो । प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य गरिएको सभामुख पूर्णबहादुर घर्तीले बताउनुभयो ।
मन्त्रीपरिषदको आज बसेको बैठकको निर्णय र मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा दिउसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको पत्रमा उल्लेख गरिएको छ । अधिवेशन अन्त्यको सुचना मध्यान्ह साढे १२ मा टासिएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर छलफलका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले ल्याएको प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।
प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमाले लुम्बिनी पुन पोखरेलकै नेतृत्वका संविधानको धारा ६८ उपधारा १ बमोजीम बहुमतको सरकार बनाउन जुटेको छ । बिपक्षी दलहरुले पनि आफ्नो पक्षमा बहुमत जुटाउन लागि परेको जनाएका छन् ।

Nabintech