१६ चैत्र २०८०, शुक्रबार
लेवान्डोस्कीको दुई गोलको मद्दतमा बायर्नलाई सुपरकप

  • टाइम्स संवाददाता

  • २ भाद्र २०७८, बुधबार ०७:१७

रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा बायर्न ३–१ गोलले विजयी बन्यो । पहिलो हाफको अन्त्यअघि लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफको शुरुवातमा नै थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६४ औँ मिनेटमा मार्को रिउसले एक गोल फर्काए पनि १० मिनेट पछि नै लेवान्डोक्सीले अर्को गोल थप्दै पुनः टोलीलाई दुई गोलको अग्रता दिलाए ।  आफ्नो पूर्वक्लब विरुद्ध यो उनको २४ औँ गोल थियो । पोल्यान्डका स्ट्राइकर सन् २०१० देखि २०१४ को बीचमा डर्टमन्डमा रहेका थिए । जर्मन सुपरकप बुन्डेस लिगाको विजेता र डीएफबी पोकालको विजेताबीच खेलाइन्छ । गत सिजन बार्यनले कीर्तिमानी लगातार नवौँ पटक लिग उपाधि जितेको थियो । –एजेन्सी

Nabintech