६ बैशाख २०८१, बिहीबार
वर्षातले बाँकेमा साठी प्रतिशत धानबालीमा क्षति

  • टाइम्स संवाददाता

  • ५ कार्तिक २०७८, शुक्रबार १७:११

बेमौसमी बर्षातका कारण बाँकेमा ६० प्रतिशत धानबालीमा क्षति पुगेको छ । बर्षातले काटेर खेतमा रहेको ६० प्रतिशत धानमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए । उनले काटेर खेतमा रहेको ६० प्रतिशत र हावाहुरीले नकाटेको २० प्रतिशत धानमा क्षति पुर्याएको बताए । पानीसँगै आएको हावाहुरीले १० हजार हेक्टरमा लगाएको धान ढलेपछि खेतमा कुहिन थालेको उनको भनाई छ । उनले काटेर खेतमा रहेको सात हजार पाँच सय हेक्टर जमिनको धानमा क्षति पुर्याएको बताए । बाँकेमा ३६ हजार पाँच सय हेक्टर जमिनमा धान खेती भएको छ । ‘बर्षात र हावाहुरीले नकाटेको धानभन्दा काटेको धानमा बढि क्षति पुर्याएको छ,’ उनले भने, ‘काटेको धान जमिनमा टाँसिएकोले उम्रिन थालेको छ ।’ गत बर्ष बाँकेमा प्रति हेक्टर ४ दशमलव ३ मेट्रिक टनका दरले करिव एक लाख ५३ हजार ८० मेट्रिक टन धान उत्पादन भएको थियो । यो बर्ष प्रति हेक्टर ४ दशमलव ४ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो । तर, बेमौसमी बर्षातले गत बर्षको भन्दा झण्डै ३० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको ढकालले बताए ।

Nabintech