७ बैशाख २०८१, शुक्रबार
विपदमा सामुदायिक भवन आवश्यक पर्ने : अथक

  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७८, शनिबार १७:४३

विपदमा सामुदायिक भवन आवश्यक पर्ने : अथक

बाँके क्षेत्र नं. १ का संघिय संसद महेश्वर गहतराज अथकले प्राकृति विपद्मा सामुदायिक भवनको आवश्कयता हुने बताएका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा सामुदायिक भवनको उद्घाटन गर्दै गाउँमा विभिन्न खाले प्रकृति विपद्मा सामुदायिक भवनको आवश्यकता पर्ने बताएका छन् । सांसद विकास कोषबाट १० लाख, कोहलपुर नगरपालिकाबाट दुई लाख, उपभोक्ता समितिको एक लाख ५९ हजार गरी कुल १३ लाख २३ हजारमा निर्माण भएको ६ कोठाको एकतले भवनको उद्घाटन गर्दै उनले गाउँमा आगलागि, डुबान, लगायतका प्राकृति विपद्का लागि स्थानिय जनताको उचित व्यवस्थापनका लागि यस्ता सामुदायिक भवनको आवश्कता पर्ने बताएका छन् । साथै उनले गाउँघरमा हुने विभिन्न खाले सामुहिक गतिविधिहरु गर्नका लागि यस्ता भवनहरु प्रत्येक वडाहरुमा निर्माण हुनुपर्ने भन्दै त्यसका लागि आफुले पहल गरिरहेको बताएका छन् । साथै उनले बाँके क्षेत्र नं. १ को विकासका लागि आफु दिनरात काम गरिरहेको बताउँदै विकासका लागि सबैको सहकार्य आवश्यकता पर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामशरण थारुले वडाका जनताहरुको आवश्कतालाई मध्येनजर गरी जनप्रतिनिधिहरुले काम गरिरहेको बताउँदै भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त समेत गरेका छन् । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेले कोहलपुर नगरपालिका भित्र यस्ता सामुदायिक भवनहरु निर्माण गर्न आवश्यक रहेको बताउँदै भवनका संरक्षण गरी अन्य थप भौतिक संरक्षण निर्माणका लागि पहल गर्ने बताएका छन् । कार्यक्रमा बोल्दै स्थानिय समाजसेवि लिलबहादुर रानाले संघिय सांसद अथकले वडा नं. ६ मा सामुदायिक भवन निर्माणका लागि बजेट बिनियोजन गरी स्थानिय जनताको आवश्यकतलाई ध्यान दिएको भन्दै खुशि समेत व्यक्त गरेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुलराम विष्ट, विभिन्न धर्मगुरु लगायत स्थानियहरुले वडामा भौतिक संरचना निर्माण हुनुपर्ने बताएका छन् ।

Nabintech