८ बैशाख २०८१, शनिबार
विभिन्न योजनासहित मानव बेचबिखन नियन्त्रण समितिको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७८, मंगलवार १७:०५

बाँकेको कोहलपुरमा स्थानिय मानव बेचबिखन नियन्त्रण समितिसँगको वार्षिक समिक्षा र योजना बैठक सम्पन्न भएको छ । कोहलपुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा माइती नेपाल र हाम्रो सम्मान परियोजनाको सहयोग तथा समन्वयनमा नगर स्तरिय मानव बेचबिखन नियन्त्रण समितिसँगको वार्षिक समिक्षा र योजना बैठकमा विभिन्न नीति तथा योजनाहरु निर्माण गरी सम्पन्न भएको छ । दुई दिनसम्म चलेको समिक्षा बैठकमा मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक रणनीति तथा योजनाहरु निर्माण गरी कार्यान्वयनमा ल्याईने भएको छ । स्थानिय तहको वडा पालिका र नगरपालिकाले मानव बेचबिखन तथा ओसारपसारका विरुद्ध आवश्यक बजेटको व्यवस्थापन गरी विभिन्न संघसंस्थाहरुसँग सहकार्यमा काम गर्ने गरी वार्षिक कार्ययोजना बनाईएको कोहलपुर नगरपालिका समाजिक विकास समितिकी संयोजक नारायणि वलिले बताएकी छिन् । साथै उनले कोहलपुर नगरपालिका मावन बेचबिखनको उच्च जोखिममा रहेको बताउँदै कोहलपुरमा मानिस हराउने, ल्याउने र विक्रि गर्ने स्थलका रुपमा पछिल्लो समय देखिएकाले यसकालाई रोक्नुपर्ने बताईन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपि खनालले कोरोना कारण विकासका कुनै गतिविधिहरुले निरन्तरता पाउन नसकेको बताउँदै मानविय विकासका लागि सबै लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष पतिराम थारुले वडा तहबाटै मानव बेचबिखन विरुद्ध योजना बन्नुपर्ने बताउँदै त्यसका लागि आवश्यक सहयोग र सकार्य गर्न सबैलाई आग्रह गरेका छन् । कोहलपुर नगरपालिका महिला विकास अधिकृत रिना थापाले कोहलपुर नगरपालिकामा मावन बेचबिखन विरुद्ध वर्षभरी कामका बारेमा वार्षिक योजना बनाईएकाले काम गर्न सहज हुने बताएकी छिन् । कार्यक्रममा बोल्दै माइति नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका संयोजक केशव कोइरालाले आर्थिक वर्ष २०७७÷०७८ मा जोखिमपूर्ण यात्रामा रहि सीमानाकाबाट नेपाल प्रहरी र माइती नेपालको सहकार्यबाट तीन सय ९ जना उद्धार गरिएको बताएका छन् । उद्धार गरिएका मध्ये १८ वर्ष माथिका महिला १ सय ९८ जना र १८ वर्ष मुनिका बालिका १ सय ६, बालक ५ रहेको बताउँदै सो अवधिमा मात्र बाँके जिल्लाका ४४ जनालाई उद्धार गरिएको बताएका छन । साथै ती उद्धार गरिएका मध्ये कोहलपुर नगरपालिकाका १३ जना, बैजनाथका १४ जना, नेपालगञ्जका ४, डुडुवाका १, राप्तीसोनारीका ४ जना रहेका छन् ।

Nabintech