१६ चैत्र २०८०, शुक्रबार
शतप्रतिशत क्रियाशिल सदस्यता पाउनुपर्ने भन्दै काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०७८, सोमबार १८:५०

नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. १० को वडा कार्य समितिले शतप्रतिशत क्रियाशिल सदस्यता पाउनुपर्ने माग राख्दै नेपाली काँग्रेस पार्टी कार्यालय बाँकेमा तालाबन्दी गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १०का वडा सभापति ओम प्रकाश वर्णवाल, उपसभापति मेघनाथ भट्टराई, सचिव सन्तोष पौडेल र सचिव सनत रेग्मीले पार्टीको क्रियाशिल सदस्यता वितरण गर्दा वडा नं. १०मा पाउनुपर्ने क्रियाशिल सदस्यता नपाईएको बताउँदै शतप्रतिशत क्रियाशिल सदस्यता पाउनुपर्ने माग गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको वडा सभापति ओम प्रकाश वर्णवालले बताएका छन् । कोहलपुर नगरपालिका वडा नं. १० मा हाल १ सय ९७ जनामध्ये १ सय ८१ जनाको क्रियाशिल नविकरण भएकाले क्रियाशलि सदस्यता शतप्रतिशत पाउनुपर्ने माग सहित पार्टी कार्यालय बाँकेमा तालाबन्दी गरिएको सचिव सन्तोष पौडेलले बताएका छन् । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. २ नेपाली कांग्रेस कार्यसमितिले विधि पद्धति विपरित २०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई हराउन लागेका, माओवादी, एमाले र राप्रपा का कार्यकर्ता र बाहिरी जिल्लामा मतदाता नामावली भएका व्यक्तिहरुलाई कृयासिल दिने तर योग्य सक्षम र निरन्तर पार्टिमा योगदान गरेका कार्यकर्ताहरुलाइ क्रियाशिल सदस्यताबाट बन्चित गरिएको भन्दै पाटीए कार्यालयमा तालाबन्दी गरिएको बताईएको छ । पार्टीका लागि लडिरहेका कार्यकर्ताहरुलाई क्रियाशिल सदस्यता नदिएकोले तालाबन्दी गरिएको नेविसंघका आमन्त्रीत केन्द्रीय सदस्य कमल शाहीले बताएका छन् ।

Nabintech