७ बैशाख २०८१, शुक्रबार
शनिबार २४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ५ असार २०७८, शनिबार १७:०८

पछिल्लो २४ घण्टामा नेपालमा २,४०१ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधिमा थप ३४ जनाको कोभिडको कारण मृत्यु भएको छ । ३६६० जना डिस्चार्ज भएका छन् । कूल संक्रमित संख्या ६ लाख १९ हजार (पीसीआर परीक्षणमा पुष्टि भएका) पुगेका छन् । कूल मृत्यु ८६७५ पुगेको छ । सक्रिय संक्रमित संख्या ५७ हजार ६१८ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित फेला परेको देखिन्छ । मन्त्रालयका अनुसार ८७४ जना आइसीयूमा र २५८ जना भेन्टिलेटरमा छन् ।

Nabintech