७ बैशाख २०८१, शुक्रबार
शैक्षिक सम्प्रेषणको बिमोचन

  • टाइम्स संवाददाता

  • २६ श्रावण २०७८, मंगलवार १८:२५

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्यांकन विभागद्धारा प्रकाशित शैक्षिक सम्प्रेषण २०७८ वर्ष १ अंक १ पुस्तक बिमोचन भएको छ । मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्यांकन विभागले शैक्षिक सम्प्रेषण पुस्तक बिमोचन तथा कदर पत्र प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दान बहादुर हमालले शैक्षिक सम्प्रेणले अनुसन्धान तहमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै उनले क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले यस्ता शैक्षिक सम्प्रेषणले विशेष अर्थ राख्ने बताएका छन् । कार्यक्रममा क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, प्राध्यापक टेकेन्द्र महतरा, एकराज शर्मा, खोपिराम वली, ललित चन्द लगायतले क्याम्पसमा विद्यार्थीहरको तर्फबाट पहिलो शैक्षिक सम्प्रेषण प्रकाशित गरिएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको वागेश्वरीमा अध्ययनरत एम।एड। चौंथो सेमेस्टरका विद्यार्थीहरुले तयार पारेको अध्ययन पुस्तकको बिमोचन गरीएको हो । त्यसक्रममा एम.एड. चौंथो सेमेस्टरमा अध्ययनरत स्वर्गिय विद्यार्थीद्धवय नारायण प्रसाद चालिसे र जगत बहादुर चौधरीलाई मरणोपरान्त कदर पत्र प्रदान गरीएको थियो ।

Nabintech