११ बैशाख २०८१, मंगलवार
संसदीय चुनावका लागि ७ अर्ब ७२ करोडसम्म खर्च गर्न अर्थ मन्त्रालयको सहमति

  • टाइम्स संवाददाता

  • १८ असार २०७८, शुक्रबार १७:११

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । निर्वाचन सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरण गरी सरकारले दुई चरणमा चुनाव गर्ने घोषणा गरेको छ । सो निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिइने अर्थ मन्त्रालयले जनाएको छ । चुनावका विरुद्धमा परेको रिटमा भने अहिले सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।

Nabintech