१३ बैशाख २०८१, बिहीबार
सचिव केसीद्धारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७८, आईतवार १५:१०

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव जयसिंह केसीले प्रधानमन्त्री शेर बहादुर देउवालाई विभिन्न माग सहितको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर विभिन्न माग सहित उनले ध्यानाकर्षण पत्र बुझाएका छन् । सचिव केसीले कोभिडको भ्याक्सिन जति सक्दो सम्पूर्ण नागरिक विशेष गरी दिर्घरोगि अपांग, वृद्धवृद्धालाई घरमै कोरोना खोपउपलब्ध गराउने कार्यलाई तिव्रता दिनुपर्ने, बाँकेको विकासमा महत्वपूर्ण भूमिका खेल्ने रिङरोडको निर्माण कार्यलाई तिव्रता दिनुपर्ने, बाँकेको उद्योग क्षेत्रमा प्रभाव पार्ने कोहलपुर नेपालगञ्ज विद्युत प्रसारण लाइनलाई जतिसक्दो छिटो सुरुआत गर्नुपर्ने उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । साथै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले लुम्बिनी प्रदेश अन्तर्गत लुम्बिनी प्रदेश खेलकुद विकास समितिको सदस्य सचिव लगायत विभिन्न जिल्लाअध्यक्ष र पदाधिकारीलाई प्रदेशको क्याबिनेट बैठकबाट नियुक्त गर्नुपर्ने प्रावधान हुँदा हुँदै विधि र विधान विपरित नियुक्त गरेको सबै नियुक्तिलाई तत्काल खारेज गर्न माग समेत गरेका छन् । प्रधानमन्त्री देउवाले मागहरुप्रति सकरात्मक भएको कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

Nabintech