८ बैशाख २०८१, शनिबार
समृद्धिको यात्रामा कोहलपुर, लामो दुरीको बसपार्कको शिल्यान्स

  • टाइम्स संवाददाता

  • ३ जेष्ठ २०७८, सोमबार १२:३६

बाँकेको कोहलपुर नगरपालिका समृद्धिको यात्रामा अगाडि बढिरहेको छ । स्थानिय तहका जनप्रतिनिधिहरु निर्वाचित भएपछि कोहलपुर नगरका केहि महत्वपूर्ण गौरवका योजनाहरु निर्माण प्रक्रियामा रहेका छन् । कोहलपुर नगरपालिकामा लामो दुरीको नेपालकै नमूना बसपार्कको शिल्यान्स गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले एक कार्यक्रमका बिच नेपालकै लामो दुरीको नमूना बसपार्कको शिल्यान्स गरेका छन् । सो लामोदुरीको नमूना बसपार्क दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी खड्का/दया/संगुन कन्ट्रक्सन प्रालिले २७ करोड ८८ लाखमा ठेक्का पाएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले नगरपालिकालाई नमूना नगर बनाउन यस्ता आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै एउटै सोच, एउटै संकल्पका साथ कोहलपुरको विकासका लागि अघि बढेको बताएका छन् । साथै उनले कोहलपुर लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केन्द्रबिन्दु भएका कारण आधुनिक र व्यवस्थित बसपार्क भोलिका दिनमा आवश्यक पर्ने भएकाले बसपार्क निर्माण गर्न लागिएको बताएका छन् । ‘केहि वर्ष नपुग्दै कोहलपुर नगरपालिका देशकै नमुना बन्ने छ”, उनले भने,‘सबैले संकल्प गरौ, यहाँबाट देशलाई नयाँ सन्देश दिन जरुरी छ ।’ कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्र्तराष्ट्रिय बसहरु समेत सञ्चालन हुने नगरप्रमुख रावतले बताएका छन् ।
यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले २७ करोड ८८ लाखमा निर्माण भईरहेको लामो दुरीको बसपार्क निर्माणका लागि कुल बजेटको ६० प्रतिशत कोहलपुर नगर विकास समितिको हुने र ४० प्रतिशत बजेट कोहलपुर नगरपालिकाको हुने बताएका छन् । कोहलपुर नगर विकास समितिको ६० प्रतिशत बजेट ऋणात्मक हुने समेत बताउँदै दुई वर्ष भित्र सम्पन्न गर्ने गरी खड्का/दया/संगुन कन्ट्रक्सन प्रालिलाई ताकेता गरिरहेको र समयमै निर्माण कार्य सम्पन्न हुने उनले बताएका छन् । “अब बन्ने बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत बिद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्सको समेत व्यवस्था हुनेछ” उनले भने “कोहलपुर नगरपालिकाले बनाउन लागेको अत्याधुनिक बसपार्कबाट आन्तरिक आय श्रोत बढ्ने र यहाँ बनाइएका सटर, सपिङ कप्लेक्स, बसपार्क पाकिङ्ग तथा अन्य विभिन्न आय श्रोतले कोहलपुरको आर्थिक रुपमा निकै अगाडि बढ्नेछ ।” गत फागुन २६ गतेबाट सुरु गरिएको बसपार्क निर्माणको कार्य हाल तिब्र गतिमा अगाडि बढिरहेको छ । करिब ५ विगाह १६ कठ्ठा जग्गामा निर्माण हुन लागेको बसपार्क कोहलपुर नगरपालिकाको गोरवको आयोजना अन्तर्गतको भएको कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक डिल बहादुर परियारले बताएका छन् । कोहलपुर नगर विकास र समृद्धिको यात्रा विस्तारी अगाडि बढिरहेको बताउँदै विकासका महत्वपूर्ण पक्षहरुमा सबैले सहकार्य गर्नुपर्ने बताएका छन् ।

Nabintech