७ बैशाख २०८१, शुक्रबार
सरकारमा नभए पनि एमाले काँग्रेससँगै छ : केपी ओली

  • टाइम्स संवाददाता

  • २४ मंसिर २०७८, शुक्रबार १८:२६

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एक्लै हिँड्ने रहर आफूलाई नभएको बताउनुभएको छ । शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना गर्दै ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा नभए पनि एमाले काँग्रेसँगै भएको उल्लेख गर्नुभयो । ‘साना दललाई काँग्रेसले औंलो समात्न नदिए के होला ?’ भन्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रश्नसमेत गर्नुभएको छ ।

‘साना दललाई काँग्रेसले औंलो समात्न दिएन भने के होला ?’, साना दलतर्फ प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘हामी सरकारमा छैनौँ, तर काँग्रेससँगै छौँ । सरकारबाट हट्नुपर्ला भन्ने कतिपयलाई चिन्ता होला । तर, हामीलाई त्यो चिन्ता छैन । नेकपा एमाले एक्लै हिँड्ने रहर गर्दैन ।’ ओलीले प्रमुख प्रतिपक्षी दल भएकाले सरकारसँग संसदमा आफूहरु सँगसँगै भएको उल्लेख गर्नुभयो । १४ औँ महाधिवेशनको सफलताका लागि ओलीले काँग्रेसलाई शुभकामना दिनुभयो । ‘नेकपा एमाले र मेरो व्यक्तिगत तर्फबाट काँंग्रेसको १४ औँ महाधिवेशन सफल बनोस् भन्ने धेरैधेरै शुभकामना’, ओलीले शुभकामना दिँदै भन्नुभयो, ‘मलाई यहाँ आमन्त्रण गर्नुभयो, शेरबहादुरजीलाई धन्यवाद ।’

Nabintech