१५ चैत्र २०८०, बिहीबार
साउन १ गतेदेखि श्रमिकको यूनतम तलब १५ हजार, राजपत्रमा सूचना प्रकाशित

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०७८, मंगलवार ०७:१२

श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम मासिक पारिश्रमिक  १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका हुन् । नयाँ न्यूनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभूत पारिश्रमिक र ५ हजार ६ सय १५ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ ।  एक दिनको तलब ५ सय ७७ र एक घण्टाको तलब ७७ रुपैयाँ हुन आउँछ । दैनिक तलबमा ३ सय ६१ रुपैयाँ आधारभूत पारिश्रमिक र २ सय १६ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ ।

एक घण्टाको तलबमा ४८ रुपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता हुन आउँछ । यसअघि गएको शनिवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको मासिक पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्याउने बताउनु भएको थियो ।-रासस

Nabintech