१५ चैत्र २०८०, बिहीबार
सात हजार २२० थपिए, सात हजार १३५ कोरोनामुक्त, १८५ को मृत्यु

  • टाइम्स संवाददाता

  • १० जेष्ठ २०७८, सोमबार १८:२६

नेपालमा कोरोनाभाइरसका सात हजार २२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ८४६ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल एक लाख १५ हजार ४४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सात हजार २२० जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका जम्मा पोजेटिभ संख्या पाँच लाख २० हजार ४६१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार १३५ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ९८ हजार ४८३ जना कोरोनामुक्त भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८५ जना कोरोना सङ्क्रमितको निधन भएको जनाएको छ । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट भएका मृत्युको संख्या छ हजार ५३१ पुगेको छ । हाल ९२४ जना क्वारेन्टिनमा छन् ।

Nabintech