१५ चैत्र २०८०, बिहीबार
सात हजार ३८८ थपिए, दुई हजार २१ कोरोनामुक्त, ३७ को मृत्यु

  • टाइम्स संवाददाता

  • २० बैशाख २०७८, सोमबार १७:५२

नेपालमा कोरोनाभाइरसका सात हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ४३ हजार ४१८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ५१८ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २१ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ८६ हजार १५ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित संख्या बृद्धि हुनु र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर घटेर ८३.३ प्रतिशत भएको छ । हाल ५४ हजार ४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३७ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ । यो संख्या चौबीस घण्टामा पुष्टि भएका मृतकको अहिलेसम्मकै सबैभन्दा बढी हो । हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३६२ जनाको मृत्यु भएको छ । हाल २१२ जना क्वारेन्टिनमा र ५४ हजार ४१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म २५ लाख २१ ह्जार १६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Nabintech