१५ चैत्र २०८०, बिहीबार
साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दै

  • टाइम्स संवाददाता

  • २७ आश्विन २०७८, बुधबार ०७:०९

साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । मालेमा रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्गलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो  । श्रीलङ्काले चार खेल खेल्दा अन्य टोलीले तीन/तीन खेल खेलेका छन् । लिग तालिकामा समान ६ अङ्क भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ । साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने सङ्घारमा नेपाली टोली छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अङ्कको आवश्यकता छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलङ्कालाई ३–२ ले हराएको थियो । तर, नेपाल भारतसँग १–० ले पराजित भएको थियो । आज  नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Nabintech