१५ चैत्र २०८०, बिहीबार
सामाजिक सुरक्षा : यसरी पुग्यो वृद्ध भत्ता एक सयबाट ४ हजार

  • टाइम्स संवाददाता

  • १५ जेष्ठ २०७८, शनिबार १९:४५

सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षा भत्तामा वृद्धि गरेका हुन्। प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गरिसकेको केपी  शर्मा ओली नेतृत्वको सरकार सामाजिक सुरक्षा भत्तालाई वृद्धि गरेर लोकप्रिय बजेट ल्याएको हो। प्रतिनिधि सभा विघटन काम चलाउ सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पूर्णरुपमा निर्वाचन केन्द्रित छ। सरकारले सामाजिक सुरक्षा भत्ताका लागि मात्रै १ खर्ब बजेट विनियोजन गरेको छ। ०५१ सालबाट १ सयबाट सुरु गरेको लोकप्रिय कार्यक्रमका वृद्धभत्ता ४ हजार पुर्‍याएको छ। ३ हजारबाट एक हजार वृद्धि गरेर ४ हजार पुर्‍याएको अर्थमन्त्री पौडेलले बताए।  २०५१/५२ मा अर्थमन्त्री भरतमोहन अधिकारीले एक सयबाट वृद्धभत्ता सुरुवात गरेका थिए। जनतामाझ लोकप्रिय बन्दै गइरहेको यो वृद्धभत्ता अर्थमन्त्री महेश आचार्यले आफ्ना कार्यकाल  २०५६/५७ मा १५० बनाए। आफ्नो कार्यकालमा सुरु गरेका अर्थमन्त्री अधिकारीले २०६१/६२ मा १७५ बताए। त्यसपछि २०६५/६६ मा डा. बाबुराम भट्टराईले बढाएर ५ सय रुपैयाँ बनाए। २०७२/७३ मा डा.प्रकाशशरण महतले ५ सय थप गरेर एक हजार बनाएका थिए। त्यसपछि एमाले सरकारले निरन्तर रुपमा वृद्धभत्तालाई प्राथामिकता राखेर बढाउदै आएको छ। २०७३/७४ मा अर्थमन्त्री विष्णु पौडेलले नै वृद्धभत्तालाई २ हजार पुर्‍याएका थिए। त्यसपछि  एमाले र माओवादी केन्द्र एकता बनेपछि बनेका दुई तिहाईको सरकारले २०७६/७७ मा अर्थमन्त्री डा. युवराज खतिवडाले ३ हजार बनाएका थिए। प्रधानमन्त्री ओलीले वृद्धभत्ता ५ हजार बनाउने उद्घोष गरेको भएपनि कोरोना कहरका करण अपेक्षाकृत वृद्धि गर्न नसकि ४ हजार मात्रै पुर्याइएको छ।

Nabintech