१५ चैत्र २०८०, बिहीबार
सामुदायिक रेडियो कोभिड महामारीको प्रभाव र गरेका प्रयास बारे कार्यशाला गोष्टी सम्पन्न

  • टाइम्स संवाददाता

  • १८ आश्विन २०७८, सोमबार १७:१९

बर्दियाको बाँसगाढिमा सामुदायिक रेडियो कोभिड महामारीको प्रभाव र गरेका प्रयास विषयक कार्यशाला गोष्टी सम्पन्न भएको छ । रेडियो गुर्बाबा एफएम र अर्माक एसिया प्रशान्त कार्याक्रमको आयोजनामा बाँके र बर्दियाका सामुदायिक रेडियोका प्रतिनिधिहरुको सहभागिता सम्पन्न भएको सो कार्यक्रममा कोरोना भाईरसका कारण सामुदायिक रेडियामा नकरात्मक असर परिरहेको बताईएको छ । कार्यक्रममा बोल्दै रेडियो गुर्बाबा एफएमका अध्यक्ष सर्जन कामीले सामुदायिक रेडियोले नागरिकहरुलाई सूचनाको पहुँचमा पु¥याउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै कोरोना भाईरसका कारण सामुदायिक रेडियोहरुमा आर्थिक रुपमा नकरात्मक असर परिरहेको बताएका छन् । सो कार्यक्रममा एकराज चौधरीले नेपाली पत्रकारिताको विकासमा रेडियाको महत्वपूर्ण स्थान रहेकोले समय अनुसार रेडियोलाई आधुनिक बनाउनुपर्ने बताएका छन् । कार्यक्रममा सहभागि बाँके र बर्दियाका सामुदायिक रेडियोका प्रतिनिधिहरुले कोरोना भाईरसका कारण रेडियो संचालन गर्न समस्या आईपरिरहेको बताएका छन् ।

Nabintech