७ बैशाख २०८१, शुक्रबार
सिक्टाको पानीः किसानका बारीमा लटरम्म चैते धान

  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०७८, बिहीबार १२:२६

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १५ चौधरियाका किसान ज्ञानवहादुर नेपालको खेतबारीमा चैते धान लटरम्म फलेको छ । सिक्टा सिँचाई आयोजनाले नहर मार्फत नजिकैको किरण नालामा पानी छोडेपछि नेपालले पहिलो पटक चैते धान लगाउनुभएको हो । करिब ११ कठ्ठा जग्गामा यतिबेला धान फलेको छ । पहिलो वर्षमै धैचे धानको उत्पादन देखेपछि बाँकेमा पनि राम्ररी चैते धानको उत्पादन हुन्छ भन्ने पुष्टि भएको छ , नेपालले भन्नुभयो,– छिमेकी अन्य किसानले समेत अर्कोवर्षदेखि चैते धान लगाउने भन्दै धानको विउ माग गर्नुभएको छ । असार पहिलो सातासम्म धान भित्राएर फेरि बर्षे धान लगाउने तयारी नेपालको छ । नेपालले परक्षिणको रुपमा हल्दीनाथ– ३ र चैेते धान– ५ नामक धानको खेती गर्नुभएको छ । लामो समयदेकि कृषि पेशामा आवद्ध नेपालले सिक्टा सिचाईको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाई हुने भन्दै चैते धानको खेती गर्नुभएको हो । एकवर्षमै सुरुमा बर्षेधान, त्यसपछि हिउदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपाल बताउनुहुन्छ । घर नजिकैको किरण नालामा सिक्टा सिचाईको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको नेपालले बताउनुभयो । नेपालले चैते धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिचाई आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफुलाई थप प्रोत्साहन मिलेको बताउनुभयो ।
राष्ट्रिय गौरबको सिक्टा सिँचाई आयोजना आर्थिकबर्ष २०६१/६२ मा निर्माण सुरु भएको हो । गतवर्षदेखि सिक्टाले मुल नहर र शाखा नहर मार्फत पानी छोडेको हो । हाल सिक्टाको सिंचित क्षेत्रफल ४२ हजार ७६६ हेक्टर क्षेत्रफल हुने अनुमान गरिएको छ । हाल शाखा नहर निर्माण कार्य चलिरहेको छ ।  -गाेरखापत्रअनलाइनबाट

Nabintech