१३ बैशाख २०८१, बिहीबार
सुडानमा सैन्य ‘कु’ : विराेध प्रदर्शनमा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गयो

  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०७८, मंगलवार ०७:१०

सुडानमा सैन्य ‘कु’ को विरोधमा भएको प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गएको छ । एक सय ४०  जनाभन्दा धेरै घाइते भएका छन् । केही प्रदर्शनकारीलाई सेनाले पक्राउ गरेको बीबीसीले जनाएको छ ।  हिजो प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित केही मन्त्री र मन्त्रिपरिषद्का एक सदस्यलाई पनि सेनाले हिरासतमा लिए पछि सुडानमा  विरोध प्रदर्शन भएको थियो । सुडानसँगै सैन्य ‘कु’ को विश्वभर निन्दा भएको छ । अमेरिकाले केही आर्थिक सहयोग समेत रोकेको छ । यसैबीच सुडानमा सेनाले सरकार विघटन गर्दै सङ्कटकालको घोषणा गरेको छ । सेनाले २०२३ को जुलाईमा चुनाव गर्ने पनि घोषणा गरेको छ । प्रधानमन्त्रीको कार्यालयले भने सेनाको निर्णयविरुद्ध सडकमा आउन आह्वान गरेको छ । सुडानमा शासक ओमार अल–बसिरलाई दुई वर्षअघि सत्ताच्युत गरी सङ्क्रमणकालीन सरकार गठन गरेपछि सैनिक र नेताहरूबीच मतभेद थियो ।

Nabintech