७ बैशाख २०८१, शुक्रबार
हावाहुरी र चट्याङ्गसहित पानी पर्ने सम्भावना

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७७, शुक्रबार ०४:५९

हावाहुरी र चट्याङ्गसहित पानी पर्ने सम्भावना

आज काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलकाअनुसार दिउँसोपछि काठमाण्डौका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै, अन्य पहाडी क्षेत्रमा पनि हावाहुरीसहित चट्याङ्ग र हल्का पानी पर्ने उहाँले बताउनुभयो ।

आज देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेको छ ।

Nabintech