१६ चैत्र २०८०, शुक्रबार
१५ दिने कुक तथा होटल तालिम सम्पन्न

  • टाइम्स संवाददाता

  • १६ असार २०७८, बुधबार १६:११

बाँकेको राप्तीसोनारी गाउँपालिकामा १५ दिने कुक तथा होटल तालिम सम्पन्न भएको छ । कञ्चन प्राविधिक सीप विकास तालिम प्रालिको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको सहयोगमा १५ दिने कुक तथा होटल तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिकाकी उपाध्याक्ष धनी कुमारी खत्रीले यूवाहरुलाई आत्मानिर्भर बनाउन आवश्यक रहेको बताएकी छिन् । साथै उनले स्थानिय निकायहरुले यूवाहरुलाई विभिन्न तालिमहरु उपलब्ध गराएर आत्मनिर्भर बनाउनुपर्ने बताएकी छिन् । साथै उनले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्न सुझाव दिँदै आगामि दिनमा अन्य विभिन्न खाले सीपमूलक कार्यक्रम आयोजना गरिने बताएकी छिन् । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतले राप्तीसोनारी गाउँपालिका भित्रका यूवाहरुलाई विभिन्न कार्यक्रममा सक्रिय बनाउनका लागि यस्ता तालिमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै उनले वडामा रहेका यूवाहरुलाई आत्मनिर्भर बन्न तालिममा विशेष सहयोग पुग्ने बताएका छन् । कार्यक्रममा कञ्चन प्राविधिक सीप विकास तालिम प्रालिका प्रमुख भिम प्रसाद पौडेलले १५ दिने तालिमबाट प्राप्त गरेको ज्ञानलाई आफ्नो व्यवहारिक र पेशागत जीवनमा लागुगर्न सुझाव समेत दिएका छन् । साथै उनले स्थानिय तहहरुको सहकार्यमा अन्य यस्ता तालिमहरुको आयोजना गर्ने बताउँदै तालिममा सहभागिता जनाएकोमा सबैलाई धन्यवाद दिएका थिए । १५ दिन सम्म संचालन भएको सो तालिममा २२ जना सहभागिहरुले करिब ५० परिकारका खाना तथा नास्ता बनाउन सिकेको प्रशिक्षक प्रेम थापाले बताएका छन् । तालिममा सहभागि दिपा वलीले तालिममा धेरै कुराहरु सिकेको र व्यवसायि जीवन सुरु गर्न तालिमले सहयोग गरेको बताएकी छिन् ।

Nabintech