६ बैशाख २०८१, बिहीबार
३० रुपैयाँ छाक खानाको कार्यक्रम नेकपा एमाले बाँकेद्धारा सुरु

  • टाइम्स संवाददाता

  • १ जेष्ठ २०७८, शनिबार १३:४४

कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आज देखि कोभिड बिरामि र कुरुवाहरुका लागि रु ३० रुपैयाँ छाक खानाको कार्यक्रम नेकपा एमाले बाकेले सुरु गरेको छ। कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै नेकपा एमालेले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने प्रतिबद्धता जनाएको नेकपा एमाले बाके अध्यक्ष अशोक कोइरालाले बताए। बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि एमालेले सहुलियत मुल्यमा खाना खुवाउने प्रबन्ध मिलाएको हो। प्रत्येकदिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याईएको एमाले बाँकेका नेता अशोक कोईरालाले जानकारी दिए। कोरोनाका बिरामि र आफन्तले किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणीक अवस्था देखेपछि हामीले अभियान चलायौं ’ कोईरालाले भने । सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि व्यवस्थापन गरिएको छ। कोइरालाका अनुसार सहलियत खाना कार्यक्रमलाई के एल दुगड ग्रुपको मुख्य सहयोग रहेको छ भने अन्य बाँकेका उद्योगीहरुले पनि सहयोग गरेका छन् । नेपालगन्जको भेरी अस्पतालमा मित्र मण्डलीले कोरोनाको पहिलो लहरबाटै सुरु गरिएको २० रुपैयाँ छाक खानाको व्यवस्था अहिले पनि जारि रहेका कारण सहज देखिएको छ।

Nabintech