७ बैशाख २०८१, शुक्रबार
८३८ जना सङ्क्रमित थपिए, एक हजार ४२३ जना निको, १३ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २७ भाद्र २०७८, आईतवार १६:३२

पछिल्लो २४ घण्टामा नेपालमा ८३८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ८७८ आरटीपीसीआर परीक्षण गरिएकोमा ८३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै तीन हजार १४० वटा एन्टीजेन परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा एक हजार ४२३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९४९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ४४९ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी आइतबारसम्म २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै ४५४ जना सघन उपचार कक्षमा उपचाररत रहेका छन् भने १४० जना भेन्टिलटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २५ हजार १७१ जना होम आइसोलेशनमा र १५ सय ८६ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ३२१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Nabintech