७ पुष २०८१, आईतवार
जाजरकोटमा बैशाख २५ गते सम्म निषेधाज्ञा

  • टाइम्स संवाददाता

  • १६ बैशाख २०७८, बिहीबार ०७:०८

कोरोना संक्रमणका संक्रमितहरु तिब्र बढ्दै पछि जाजरकोटमा जिल्ला प्रशासनले जिल्लाव्यापी निषेधाज्ञा जारि गर्ने निर्णय गरेको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारि प्रेम प्रसाद देवकोटाले शनिबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि (२५ गते राति १२ बजेसम्म) निषेधाज्ञा गर्ने निर्णय गरेको बताएका छन् ।  प्रमुख जिल्ला अधिकारी देवकोटाले आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक कामबाहेक हिँडडुलसमेत गर्न निषेध गर्ने निर्णय गरिएको जानकारी गराएका छन्।  अत्यावश्यक कामका लागि प्रयोग हुने सवारीसाधनबाहेक, पसल, हाटबजार बन्द गरिएको प्रशासनले जनाएको छ। स्वास्थ्य संस्था, शान्ति सुरक्षा, बिजुली, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दूध, औषधी पसल, एटिएम, सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा सञ्चालन हुनेछन्। यस्तै, एम्बुलेन्स, शववाहन, दमकल, झन्डावाला सवारी, कूटनीतिक, लामो दूरीका सवारीसाधन, मालवाहक सामान, निर्माण व्यवसायका साधन, अनुमति प्राप्त सवारीसाधनहरू मात्रै गुड्नेछन्। मास्क, भौतिक दुरीलगायत जनस्वास्थ्यको मापदण्ड पालना गरी उपभोग्य वस्तु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी देवकोटाले बताएका छन ।

Nabintech