७ बैशाख २०८१, शुक्रबार
प्रधानमन्त्रीमा दाबी छैन, सहमतिबाट हुन्छ : प्रचण्ड

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७७, शुक्रबार ०५:०२

प्रधानमन्त्रीमा दाबी छैन, सहमतिबाट हुन्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीवार सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ । सहमति अब धेरै टाढा छैन’, उहाँले भन्नुभयो । लोकतन्त्र, समावेशी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जित हुने बताउनुभयो । अझै पनि कम्युनिस्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उहाँले सबै इमानदार कम्युनिस्ट एकताका पक्षमा उभिनुपर्ने बताउनुभयो ।

केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ ।’

Nabintech