१५ चैत्र २०८०, बिहीबार
कोरोनाबाट बाँकेमा थप सात जनाको ज्यान गयो

  • टाइम्स संवाददाता

  • २७ बैशाख २०७८, सोमबार १६:४९

कोरोनाबाट बाँकेमा थप सात जनाको ज्यान गयो

बाँकेमा उपचाररत थप सात जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत गुलरिया ७ बर्दियाकी ४६ वर्षीया महिला, बर्दिया बाँसगढी नगरपालिकाका ६८ बर्षीय पुरुषको गएराती क्रमश १० बजे र ११ः५० बजे मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । त्यस्तै नेपालगञ्ज १९ का ५१ र्षीय पुरुषको आज बिहान ७ बजे भेरी अस्पतालमामा मृत्यु भएको छ । त्यस्तै खजुरा–१ की ६५ वर्षीया महिलाको १२ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । त्यस्तै कोहलपुर–१ की ७० वर्षिया महिलाको आज बिहान १० बजे नोपलगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्ज ४ का ३५ वर्षीया महिलाको आज दिउँसो १ बजे भेरी अस्पतालमामा मृत्यु भएको छ भने र कोहलपुर – ८ की ३५ वर्षिया महिलाको नेपालगञ्जमेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा साँझ ४ बजे निधन भएको हो । यो संगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९२ र बाहिरी जिल्लाको मृतकको संख्या १ सय ४१ पुगेको छ ।
बाँकेमा ८४३ संक्रमित थपिए, ७ को मृत्यु
सोमबार बाँकेमा अत्याधिक सँख्यामा कोरोना संक्रमति थपिएका थिए । जिल्लाका तिन वटा ल्यावमा एक हजार एक सय तीन जनाको स्वाव परिक्षण गरिएकोमा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेभित्रका ५ सय ७१ र जिल्ला बाहिरका २ सय ७१ गरी जम्मा ८४३ जनामा कोरोना संक्रमण देखिएको हो । जसअन्तर्गत भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका २०१ र जिल्ला बाहिरका १५२ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका २७५ र जिलला बाहिरका ५५ जना तथा वागेश्वरी डाईग्नोष्टिक ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका ९५ र जिल्ला बाहिरका ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।

Nabintech