७ बैशाख २०८१, शुक्रबार
नेकपा एमालेबाँकेद्धारा कोभिड संक्रमितका लागि भान्सा घर संचालन

  • टाइम्स संवाददाता

  • ३१ बैशाख २०७८, शुक्रबार १६:५६

नेकपा एमालेबाँकेद्धारा कोभिड संक्रमितका लागि भान्सा घर संचालन

नेकपा एमालेले कोभिड–१९का बिरामी तथा कुरुवाको लागि भान्सा घर संचालनमा ल्याएको छ । कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाईरसका बिरामी र उनीहरुका कुरुवाका लागि खाना खाने व्यवस्था नेकपा एमालेले मिलाएको हो । नेकपा एमाले बाँकेको आयोजना तथा नेकपा एमाले कोहलपुर नगर कमिटि, बैजनाथ गाउँ कमिटि र यूवा संघ कोहलपुर तथा बैजनाथको व्यवस्थापनमा कोभिड–१९का बिरामी तथा कुरुवाको लागि भान्सा घर संचालनमा ल्याएको हो । नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाईरसका बिरामी र कुरुवाका लागि बिहान र साँझको खानाको व्यवस्था मिलाईएको बताएका छन् । सो सेवा जेठ १ गते अथार्त भोलि (शनिबार)बाट संचालनमा आउने नेकपा एमाले बैजनाथका अध्यक्ष प्रेम सुवेदीले बताएका छन् । कोरोना भाईरसको महा विपदमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने भन्दै नेकपा एमालेले खानाको व्यवस्था मिलाएको उनले बताएका छन् ।

Nabintech