६ माघ २०८१, आईतवार
बाँकेमा थप छ जनाको निधन

  • टाइम्स संवाददाता

  • ४ जेष्ठ २०७८, मंगलवार ०७:५८

बाँकेमा थप छ जनाको निधन

कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप ६ जनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा र मेडिकल कलेजमा गरि थप ६ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेहरुमा गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका २५ वर्षिय पुरुष, शिबराज नगरपालिका–५ कपिलवस्तुका ३८ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० बाँकेकी ६२ वर्षिया महिला, तुलसिपुर उपमहानगरपालिका–१३ दाङ्गक ५० वर्षिय पुरुष, मधुवन नगरपालिका–७ बर्दियाकी ६५ वर्षिय पुरुष र खजुरा गाउँपालिका–२ बाँकेकी ८५ वर्षिय पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ४२ र बाँके जिल्लामा उपचार गर्न आई अन्य जिल्लाका कोरोना संक्रमितको निधन हुने संख्या १ सय ९८ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।

Nabintech