१५ चैत्र २०८०, बिहीबार
कोभिड संक्रमित थप चारजनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०७८, आईतवार ०८:०४

कोभिड संक्रमित थप चारजनाको मृत्यु

कोरोना भाइरस संक्रमित थप चारजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पतालमा गरी थप चार जनाको मृत्यु भएको हो । बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित तुल्सिपुर नगरपालिका–४ दाङका ४२ वर्षीया महिला, बांसगढी नगर पालिका–३ बर्दियाका ४२ वर्षीया महिला, बागचौर नगरपालिका–८ सल्यानका ६१ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका–५ बर्दियाका ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका २७९ जना र जिल्लाकै २८८ जनाको मृत्यु भएको छ ।

Nabintech