१२ बैशाख २०८१, बुधबार
बाँकेमा थप छ जना कोरोना संक्रमितको निधन

  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०७८, बिहीबार १२:३१

बाँकेमा थप छ जना कोरोना संक्रमितको निधन

बाँकेका अस्पतालमा थप छ जना कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा तीनजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीन जना गरि थप पाँचजनाको उपचारका क्रममा मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् । मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका(४ बर्दियाका ३४ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका(६ दाङका ६५ वर्षीया महिला, बढैयाताल गाउँपालिका(३ बर्दियाका ५५ वर्षीय पुरुष, आठबिस नगरपालिका(४ दैलेखका ३० वर्षीया महिला र कालिमाटी गाउँपालिका(१ सल्यानका ३७ वर्षीया महिला र बाफिकोट ४ रुकुमका २९ वर्षिय पुरुष हुनुहुन्छ । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३०१ जना र जिल्लाकै २९६ जनाको मृत्यु भएको छ ।

Nabintech