८ मंसिर २०८१, शनिबार
म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

  • टाइम्स संवाददाता

  • १८ श्रावण २०७८, सोमबार ०७:२०

म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गर्नु भएको छ । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो । यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ । विरोधकैबीच ६ महिनापछि सैन्य नेता मिन अंग हलाङ्गले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री घोषणा गर्नु भएको हो । उहाँले दुई वर्षपछि अर्थात सन् २०२३ सम्म चुनाव गराउने पनि बताएका बीबीसीले जनाएको छ ।  स्वतन्त्र र निष्पक्ष बहुदलीय चुनाव गराउन देशमा स्थिरता कायम गर्नु पर्ने उहाँले बताउनु भएको छ । यसअघिको चुनावमा धाँधली भएको भन्दै विरोध गर्दै आएको सेनाले सुकी नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । हिरासतमा रहेकी नेतृ सुकीमाथि सेनाले विभिन्न शीर्षकमा मुद्दा चलाएको छ।

Nabintech