२३ भाद्र २०८१, आईतवार
बाँकेमा कोरोनाका ९ जना थपिए, ५ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १५ कार्तिक २०७८, सोमबार १६:२९

बाँकेमा पछिल्लो २४ घण्टामा थप ९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४७ नमूना परिक्षण गर्दा ६ जना, नेपालगञ्ज मेडिकेल कलेजमा १५ नमूना परिक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा १६ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ७ जना छन् । २ जना महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९९ हजार १८५ नमुना परीक्षण गर्दा १८ हजार ४ सय २ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । ४ जना महिला र १ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १८ हजार २६ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ७ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा ४ जना रहेका छन् भने १० जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech