७ बैशाख २०८१, शुक्रबार
नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

  • टाइम्स संवाददाता

  • २४ फाल्गुन २०७८, मंगलवार १४:१३

नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

 

नेपालगञ्ज : बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्यटीमा रहेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । नेपालगञ्जको राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार २९ वर्षीय भूपेन्द्रबहादुर शाहीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते हवल्दार शाहीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । ड्युटीमै रहेका प्रहरी जवान ३५ वर्षीय नरेश चौधरी पनि मोटरसाइकलको ठक्करले घाइते छन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ ।

उनीहरू दुबै जना राँझा विटमा कार्यरत थिए । हिजो बेलुकी सवा ८ बजेतिर नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ड्युटीमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक बर्दिया राजापुरका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले मापसे गरेर मोटरसाइकल चलाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech