३ आश्विन २०८१, बिहीबार
कोहलपुर नेपालगञ्ज सडकखण्डमा दुर्घटना ४ घाइते, चितवनमा एक जनाको मृत्यु

  • प्रमोद रिजाल

  • २७ असार २०७९, सोमबार १०:५०

कोहलपुर: कोहलपुर पिपलचौतारा बिधुतरोड चोकमा आज बिहान सडक दुर्घना हुदा एकै परीवारका तीन जना घाइते भएका छन । कोहलपुरदेखि नेपालगन्जतर्फ जाँदै गरेको रा १ झ १७६ नंबरको सरकारी गाडीले भे ५ प ५३०८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा बाइक चालक , बाइकमा सङ्गै बसेको महिला र  सानो बच्चालाई सामान्य चोट लाग्दा उपचारको लागि कोहलपुर मेडिकल कलेज दस बिगाहामा लगिएको  कोहलपुर प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल चालक नेपालगञ्ज–११ की १५ वर्षीया ममता ढकाल र पछाडी सवार १३ वर्षीय दीपक भण्डारी र सानो बच्चा घाइते भएको प्रहरीले जनाएको छ ।  गाडी चालक  प्रहरी नियन्त्रणमा  रहेका छन ।

त्यसैगरि आजै कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठारपुर नमस्ते रिसोर्ट नजिकै भे१२ प ७५५३ नंबरको  स्कुटर दुर्घटना  हुदा  स्कुटरमा सवार ब्यक्ति घाईते भएका छन । घाइते स्कुटर चालकलाइ उपचारका लागि भेरी अस्पताल लगिएको छ । यो रिर्पोट तयार पार्दा सम्म घाइतेहरुको नाम खुल्न सकेको छैन । बिस्तृत बिबरण आउन बांकि रहेको छ ।

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन :  भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।  घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना५ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करको पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।   ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Nabintech