५ आश्विन २०८१, शनिबार
श्रीमतीको हत्या गरेर भाग्ने क्रममा श्रीमानको मृत्यु

छतबाट हाम फल्ने क्रममा ४३ वर्षीय  कृष्णप्रसाद आचार्यको पनि ज्यान गएको हो


  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार ०७:३५

चितवन : भरतपुरमा श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ। जिल्लाको भरतपुर महानगरपालिका १० रमाइलो चोकमा ३५ वर्षीया रुस्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरी घरको छतबाट हाम फल्ने क्रममा ४३ वर्षीय  कृष्णप्रसाद आचार्यको पनि ज्यान गएको हो।

गएराति १० बजे कृष्णप्रसादले रुस्मालाई पछाडिबाट खुकुरी प्रहार गरेका हुन्। श्रीमतीलाई आक्रमण गरेलगतै घरको छतमा पुगी उनले हाम फालेका थिए।

श्रीमानको प्रहारबाट घाइते रुस्माको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। हाम फाल्दा घाइते भएका आचार्यको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुवैजनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।

 

Nabintech