५ आश्विन २०८१, शनिबार
थप ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ११ श्रावण २०७९, बुधबार १८:०६

काठमाडौं –  पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ ।  जसमध्‍ये ३ हजार ७९४ जना होम आइसोलेसनमा रहेका छन् भने १३५ जना संस्थागत आइसोलेसन र ३२ जना आईसीयूमा छन् ।

यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।  बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ८८४ पुगेको छ ।

 

Nabintech