१३ बैशाख २०८१, बिहीबार
बलात्कार गरेको आरोपमा कोहलपुरका असइ पक्राउ

बिहीवार राती दुई बजे असई चौलागाईंले ‘मुद्दाबारे सोधपुछ गर्नु छ’ भन्दै महिलालाई हिरासतबाट निकालेर आफ्नो माथिल्लो कोठामा लगेका थिए


  • टाइम्स संवाददाता

  • १३ श्रावण २०७९, शुक्रबार १४:१९

बलात्कार गरेको आरोपमा कोहलपुरका असइ पक्राउ

कोहलपुर: प्रहरी हिरसातमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा एक असई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं प्रहरी हिरासतमा रहेकी एक महिलालाई गएराति बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोप लागेका चौलागाईंलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएर सोधपुछ भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले बताए ।

बिहीवार राती दुई बजे असई चौलागाईंले ‘मुद्दाबारे सोधपुछ गर्नु छ’ भन्दै महिलालाई हिरासतबाट निकालेर आफ्नो माथिल्लो कोठामा लगेका थिए । बाँके प्रहरी प्रवक्ता डिएसी न्यौपानेका अनुसार हिरासतमा रहेकी ती महिला साउन ११ गते बहुविवाह गरेको कसुरमा पक्राउ परेकी थिइन् ।

घटनाबारे बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी कोहलपुर इलाका प्रहरी पुगेर जानकारी लिएका छन् ।

Nabintech