कोहलपुर : इलाका प्रहरी कार्यालय कोहलपुले अबैध रुपमा भन्सार छलि ल्याइएका कपडा बरामद गरेको छ । बिहिबार साझ करिब ६ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं १ कौशिला नगरबाट भन्सार छलि गरि सुर्खेत लैजादै गरेको कपडा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलिले बरामद गरेको हो । रुपैडियाहाबाट क्यारिङ गरि ल्याइएका समानहरु नेपालगन्ज कोहलपुर लगाएतका ठाउ हुदै अन्य जिल्लामा समेत जाने गर्दछन । बरामद गरिएका कपडाहरुमा कुर्ता सुरुवाल र सारी गरि अन्दाजि ७० पिस भन्दा माथि रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर टाईम्सलाई बताए ।
बरामद गरिएका उक्त कपडा भन्सार कार्यालय बुझाउने तयारी भैरहेको प्रहरीले जनाईएको छ । भन्सार छलि लुकाई छिपाई कोहलपुर र कोहलपुरबाट दैनिक रुपमा लाखौका कपडाहरु भित्रिने गरेका छन । मुख्य नाकाबाट नभई चोरी नाकाको प्रयोग गरि नेपालीहरुले दैनिक रुपमा कपडा लगाएत दैनिक उपभोग्य समानहरु नेपाल भित्र्याउने गरेका छन ।
रुपैडियाहा बजारमा रहेका ठुला ब्यापारीहरुले नेपालगन्ज, कोहलपुरका केहि व्याबसायिहरुलाई कपडा लगाएतका बस्तुहरु क्यारीङ मार्फत पुर्यादै आएको कोहलपुर टाईम्सले तथ्य फेला पारेको छ । रुपैडियाहाबाट समान पुर्याए बापत उनीहरुले ५ देखि दश हजार रुपैयाँ भाडा भनि लाने समेत गरेका छन ।









