६ आश्विन २०८१, आईतवार
कर्णाली प्रदेशमा माओवादीका दुई मन्त्री फिर्ता

  • टाइम्स संवाददाता

  • १० भाद्र २०७९, शुक्रबार १३:३०

काठमाडौं : कर्णालीमा नेकपा माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको छ । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जानकारी दिएको छ ।

उनीहरुको ठाउँमा कृष्णा शाह र रातो कामीलाई पठाइने भएको छ । शाह जाजरकोटबाट समानुपातिक सांसद हुन भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टी केन्द्रको निर्णयअनुसार मन्त्री फेरबदल गरिएको पूर्व मन्त्री एवं माओवादी प्रदेशकी अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिएकी छन् ।

केसीले भनिन्, ‘समावेशी सिद्धान्तको सुरुवात गर्ने माओवादी भएकाले सरकारलाई समावेशी गराउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाएर महिला सांसद शाह र रातो कामीलाई पठाउने निर्णय भएको हो ।’ मुख्यमन्त्रीले समावेशीताको कुरामा ख्याल नगरेका कारण माओवादी नै अग्रसर भएको केसीको भनाई छ ।

११ जना सांसद रहेको कर्णालीमा हालसम्म एकजना मुख्यमन्त्रीसहित ८ जना मन्त्री भइसकेका छन् भने एकजना उपसभामुख र बाँकी दुईजना मन्त्री हुन बाँकी छन् ।

Nabintech