६ आश्विन २०८१, आईतवार
ऋषिपञ्चमीको पूजा सकेर घर फर्कने क्रममा कुलोले बगाएर एकको मृत्यु

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७९, शुक्रबार ११:२३

दाङ : तुलसीपुर उपमहानगरपालिका  ६ गौलौराकी कुलोले बगाउँदा महिलाको मृत्यु भएको छ। ४७ वर्षीय सीता भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  बिहीबार साँझ ऋषिपञ्चमीको पूजा सकेर  करिब ७ बजेतिर  घर फर्कने क्रममा गौरीगाउँ कुलोमा खस्दा उनलाई बगाएको थियो ।

उनलाई कुलाले बगाएको थाहा पाएपछि स्थानीय बगेको ठाउँदेखि करिब एक किलोमिटर दक्षिणबाट उद्धार गरेका थिए।  उनलाई  उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Nabintech